राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वरिष्ठ सर्जन प्रा.डा.जैनुद्दिन अन्सारी ज्यूको अध्यक्षतामा संचालित २ नम्बर प्रदेशकै गौरव, नेशनल मेडिकल कलेज सन् २०११ मा स्थापना भएको हो । नेशनल मेडिकल कलेज समग्र देशकै आदर्श र उत्कृष्ट चिकित्सा शास्त्र अध्यापन गर्ने संस्थानहरु मध्ये एक हो। शैक्षिक साधन श्रोत, अत्याधुनिक उपकरण, विश्वास्तरीय उपचार तथा भौतिक संरचनाको हिसावले नेशनल मेडिकल कलेज, नेपालकै नम्बर वन मेडिकल कलेज हो ।
प्रदेश नं. २ को उत्कृष्ट चिकित्सा संस्थाको रुपमा परिचित, यस मेडिकल कलेजले देशको विभिन्न ठाउँबाट उपचारका लागि आउने हरेक बिरामीलाई स्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस मेडिकल कलेजको लक्ष्य र उद्देश्य अनुसार हामीले आफ्नो स्थापना कालदेखीनै हाम्रा सेवाग्राहीहरूलाई विश्वासनिय तथा उच्चस्तरिय सेवा उपलब्ध गराउँदै आएका छाै । स्तरीय उपचार सेवा प्रदान गर्ने मेडिकल कलेजका हिसावले यहाँ उपचारकालागि आउने बिरामीको चाप र सिमित श्रोत साधनले यदाकदा अप्ठ्यारो भने नहुने होइन ।
हाम्रो यस वडापत्रले हाम्रा सेवाग्राही महानुभावहरुलाई नेशनल मेडिकल कलेजका सेवाहरुबारे जानकारी प्रदान गर्दछ।
- नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपलब्ध सेवा सुविधाहरु ।
- शिक्षण अस्पतालमा उपलब्ध सेवा सुविधाहरुको गुणस्तर तथा तिनका बारेमा आएका गुनासो तथा सुझाब उपर सुनुवाई र समाधान ।
यस मेडिकल कलेजमा हामी मैत्रिपूर्ण वातावरण र आत्मियताकासाथ विरामीहरुलाई सुलभ औषधि उपचार सेवा प्रदान गर्दछाै । उपचार शुल्क पनि नेपाल सरकारले निर्दिष्ट गरेको सरकारी अस्पताल वा सो सरहको रहेको छ । जसका कारण हाम्रो समाज र समग्र देशका सबै बर्गका मानिसहरुले सुलभ मूल्यमा बिशेषज्ञ र प्रबिधिसहितको उच्चस्तरिय उपचार सेवा सहजरुपमा पाइरहेकाछन् । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा ब्रोन्कोस्कोप, ईको, इसिजी, इन्डोस्कोप, कोल्पोस्कोप, ६४ स्लाइस सिटी स्क्यान लगायतका बिश्वस्तरिय अत्याधुनिक उपकरणहरु उपलब्ध रहेका छन् । यस मेडिकल कलेज अस्पतालमा समपूर्ण उपकरण र बिशेषज्ञ सुबिधा सहितका सघन उपचार कक्षहरु आइ.सि.यु., सि.सि.यु., एन.आइ.सि.यु. र पि.आ.इ.सि.यु. समेत उपलव्ध रहेका छन् भने सि.ए.सी. र पि.ए.सी.सेवा समेत प्रदान गरिन्छ ।
यस अस्पतालको बहिरङ्ग बिभागमा हरेकदिन आठ सय भन्दा बढी बिरामीहरु उपचार परामर्षका लागि आउने गरेका छन् । गृष्म ऋतुका महिनामा यो चाप अझ धेरै हुने गरेको छ । एउटा बिरामी चिकित्सकको उत्कृष्ट पथप्रदर्शक हो र हरेक विद्यार्थी आफैंमा पूर्ण हुनु अपरिहार्य छ । दशकौं देखि उपत्यका बाहिर मोफसलमा संचालित सरकारी अस्पतालहरुले प्रदान गर्दै आइरहेका उपचार सेवाग्राहीहरुको ठुलो चाप र धेरै संख्या बराबर बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने हाम्रो लक्ष छ ।